― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeतने बोडीको भाउ होलसेलमै किलोको १८०, खुद्रामा कति ? – KhabarHost

तने बोडीको भाउ होलसेलमै किलोको १८०, खुद्रामा कति ? – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार तने बोडीको थोक मूल्य प्रतिकिलो न्यूनतम १ सय ६० देखि अधिकतम १ सय ८० रुपैयाँ कायम गरेको छ।
  • पछिल्लो एक महिनामा तने बोडीको थोक मूल्य ९१ प्रतिशतले बढेर १ असोजको ९० रुपैयाँबाट १ सय ८० रुपैयाँ पुगेको छ।
  • खुद्रा व्यापारीले तने बोडी प्रतिकिलो २ सय ५० देखि २ सय ७० रुपैयाँमा बिक्री गरिरहेका छन्।

२ कात्तिक, काठमाडौं । बजारमा तने बोडीको भाउ निरन्तर बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले तने बोडीको भाउ बढेको देखाएको हो ।

आज आइतबार तने बोडीको थोक मूल्य प्रतिकिलो न्यूनतम १ सय ६० देखि अधिकतम १ सय ८० रुपैयाँ कायम छ ।

पछिल्लो एक महिनामा तने बोडीको भाउ प्रतिकिलो थोकमा नै ९१ प्रतिशत बढेको छ । १ असोजमा तने बोडीको थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ थियो । अहिले भने किलोमै १ सय ८० रुपैयाँ पुगेको छ ।

तर, खुद्रामा भने व्यापारीले प्रतिकिलो २ सय ५० देखि २ सय ७० रुपैयाँमा बिक्री गरिरहेका छन् ।





Read More