― Advertisement ―

माइक्रोसफ्टका सह-संस्थापक र पूर्व सीईओ बिल गेट्सद्वारा दिनको उद्धरण: ‘हामी सधैं अर्को दुई वर्षमा हुने परिवर्तनलाई अतिआंकलन गर्छौं र दसमा हुने परिवर्तनलाई कम आँकलन...

बिल गेट्स एक स्ट्यान्ड-आउट टेक्नोलोजी अग्रगामीहरू मध्ये एक हुन्, र उनले धेरै वर्षको लागि माइक्रोसॉफ्ट। जब नयाँ प्रविधिहरू देखा पर्छन्, यो उत्साहित हुनु सामान्य...
HomeLatest newsठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह



२१ पुस, बेलायत । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो ।

ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । ‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छभने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए ।

समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

यसअघि वैदेशिक रोजगार विभागले पनि ठगी बढेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरिसकेको छ ।

-राससबाट





Read More