― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
HomeLatest newsजेनजी आन्दोलनमा राजीनामा दिएका अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया कार्यालय फर्किए

जेनजी आन्दोलनमा राजीनामा दिएका अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया कार्यालय फर्किए


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडरिया कार्यालय फर्किएका छन्।
  • जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ विद्यार्थीको मृत्यु भएपछि कडरियाले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएका थिए।
  • एमालेले ‘घर फर्क अभियान’ चलाएपछि राजीनामा दिएका ४२ जना केन्द्रीय सदस्यहरू पनि नियमित काममा फर्किएका छन्।

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडरिया कार्यालय फर्किएका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १९ जना विद्यार्थीहरूको मृत्यु भएपछि उनले नैतिकताका आधारमा भन्दै सामाजिक सञ्जाल मार्फत् राजीनामा घोषणा गरेका थिए । उनीसँगै ठूलो संख्यामा केन्द्रीय नेताहरू, क्याम्पस कमिटीका पदाधिकारी लगायतले राजीनामा घोषणा गरेका थिए ।

तर, उनीहरूको राजीनामाबारे कुनै निर्णय भएको छैन । यस्तो अवस्थामा एमालेले ‘घर फर्क अभियान’ चलाएपछि कडरिया सहित राजीनामा दिएर निष्कृय रहेका अनेरास्ववियुका नेताहरू नियमित काममा फर्किएका छन् ।

अध्यक्ष कडरियाले सामाजिक सञ्जाल मार्फत् राजीनामा दिएर बसेका सबैलाई संगठनको काममा फर्कन आग्रह गरेका थिए । ‘नेकपा एमाले र अखिलबाट बाहिर रहनु हुने सम्पूर्ण कमरेडहरूलाई पार्टीको घर फर्क अभियानमा आफ्नै घर फर्कनको निम्ति हार्दिक आह्वान गर्छु,’ कडरियाले लेखेका थिए ।

अध्यक्ष कडरिया आफै पनि आजबाट केन्द्रीय कार्यालयमा फर्किएका हुन् । उनको स्वागतमा अनेरास्ववियुका पदाधिकारीहरू सहितले जुलुस नै निकालेका थिए । ‘हाम्रो कार्यालयमा पनि तोडफोड भएको थियो । त्यसलाई हटाएर सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।

अब नियमित काममा फर्किएको जानकारी दिएका अध्यक्ष कडरियाले राजीनामा दिएर बसेका र निष्क्रिय रहेका सबैलाई आ–आफ्नो भूमिकामा फर्कन आह्वान गरेका छन् ।

सचिव आकाश घर्तीका अनुसार राजीनामा दिएका ४२ जना केन्द्रीय सदस्यहरू पनि आजैबाट नियमित काममा फर्किएका छन् । जेनजी आन्दोलनमा विद्यार्थीहरूमाथि राज्यबाट चरम दमन भएपछि अनेरास्ववियुमा राजीनामा दिनेको लहर नै थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More