― Advertisement ―

2003 बाट युरोपको गोप्य ड्रोन परियोजना चुपचाप आज लगभग हरेक प्रमुख सैन्य उड्डयन कार्यक्रमको लागि आधार बन्यो।

सबैभन्दा ठूला सैन्य शक्ति युरोपेली सेना अब बररानोलोग परियोजनाहरूयूरोपको सबैभन्दा ठूलो मानवरहित विमान एक गोप्य कार्यक्रमबाट देखा पर्‍योबाराकुडा अग्रगामी मानव र मानवरहित विमान सहयोग...
HomeLatest newsजेनजीसँगको सम्झौतालाई सोमबारसम्म अन्तिम रुप दिने गृहकार्य

जेनजीसँगको सम्झौतालाई सोमबारसम्म अन्तिम रुप दिने गृहकार्य



१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छिन् । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरे ।

सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रुप दिने क्रममै रहेको बताएका छन् ।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन निर्देशन पनि दिइन् ।

‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुपर्छ, हेर्नुहोस्, सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ,’ उनले भनिन्, ‘अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौंला । मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्नैन ।’

छलफलमा केही जेनजी अगुवा र सरकारको तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, खेलकुदमन्त्री र अन्य प्रतिनिधि सहभागी थिए ।

‘हाम्रा साथीहरु समाउन थालिएका छन् । यसको अपराधिकरण बढ्दो छ । त्यसैले छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने कुरा हामीले राखेका थियौं । जसमा सरकार पक्ष सकारात्मक छ,’ ती जेनजी प्रतिनिधिले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More