― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsजसिताले साइन गरिन् ‘पारस’ – KhabarHost

जसिताले साइन गरिन् ‘पारस’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • अभिनेत्री जसिता गुरुङले निर्देशक कृषा चौलागाईंको आगामी फिल्म ‘पारस’ साइन गरेकी छन्।
  • निर्देशक कृषाले जसितासँगको अनुबन्ध सामाजिक सञ्जालबाट शनिबार जानकारी गराएकी छन्।
  • ‘पारस’ प्रेमकथामा आधारित फिल्म हो र पटकथा भारतीय लेखक सचिन लादियाले लेखेका छन्।

काठमाडौं । अभिनेत्री जसिता गुरुङले निर्देशक कृषा चौलागाईंको आगामी निर्देशकीय प्रोजेक्ट ‘पारस’ साइन गरेकी छन् । कृषाले शनिबार जसितालाई अनुबन्धित गरिएको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् ।

कृषा लेख्छिन्, ‘मायालु जसितासँग मेरो अर्को फिल्मको घोषणा गर्न पाउँदा खुसी र उत्साहित छु । उनीसँग कसलाई जोडी बाँध्नुपर्ला, मलाई भन्नुहोला । सुझावलाई स्वागत छ । पारस ।’

सुपरहिट फिल्म ‘जेरी अन टप’ पछि जसिताले यो फिल्म साइन गरेकी हुन् । कृषाले जसिता र टिमसँगको फोटो सेयर गर्दै कास्टिङबारे जानकारी गराएकी हुन् ।

यसअघि यो फिल्मको शीर्ष भूमिकामा निखिल उप्रेती पनि देखिने चर्चा थियो । यद्यपि, यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।

प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।

कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More