― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsजनार्दन शर्मा – KhabarHost

जनार्दन शर्मा – KhabarHost



१९ पुस, काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले सैन्य बल प्रयोग गरेर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नै देशबारिह पुर्‍याउने कार्य अत्यन्तै गम्भीर चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्ता कदमले देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको बताएका हुन् ।

‘भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पुर्‍याइनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय हो,’ शर्माले भनेका छन्, ‘यस्तो कदमले न केवल त्यस देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको छ, बरु अन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबीचको मर्यादालाई समेत जोखिममा पारेको छ । यो कार्य भत्सर्ना योग्य छ ।’

आपसी समस्या समाधानको बाटो संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत खोजिनु पर्ने उनको भनाइ छ । ‘सैन्य हस्तक्षेपमार्फत होइन । अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ,’ शर्माले भनेका छन् ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नीका साथ पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेका छन् । राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More