― Advertisement ―

‘GenAI.mil प्रयोग गर्नुहोस्, सक्दो राम्रो गर्नुहोस्’: पेन्टागन अधिकारीहरूले कांग्रेस रिपोर्टहरू उत्पन्न गर्न AI प्रयोग गरेको घमण्ड गर्छन्

पेन्टागोन माथिको प्रतिवेदन पठाउनको लागि अब कांग्रेसको 04 माथि पठाउन छ। वार्षिक रूपमाGenAI.mil लाई प्रतिवेदन लेखन र अन्य उत्पादकत्वको गति बढाउन एउटा उपकरणको रूपमा...
HomeLatest newsरवि, कुलमान र बालेनबीच भेटवार्ता – KhabarHost

रवि, कुलमान र बालेनबीच भेटवार्ता – KhabarHost



१९ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र नेता एवं काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको निकटस्थ स्रोतले जानकारी दिएको छ ।

त्यस्तै, रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका तत्कालीन नेताहरू पनि अहिले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा छलफलमा जुटेका छन् ।

रास्वपा केन्द्रीय कार्यालय, बनस्थलीमा अहिले दुवै पक्षका नेताहरूबीच छलफल चलिरहेको नेता जितराम लामाले जानकारी दिए ।

‘अहिले घण्टी घरमै छु । पार्टीको कामको विषयमा छलफल भइरहेको हो,’ लामाले अनलाइनखबरसँग भने ।

उज्यालो नेपाल पार्टीको एउटा समूह रास्वपासँगको एकतामा प्रश्न उठाउँदै आएको छ । उक्त समूह हिजोमात्रै निर्वाचन आयोगमा बेग्लै समानुपातिकको सूची समेत बोकेर पुगेको थियो ।

समानुपातिक सूचीमा देखिएको समस्याबीच तीन शीर्ष नेताहरूले शनिबार छलफल गरेका हुन् ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, रास्वपाले भोलि (आइतबार) बस्नेगरी केन्द्रीय समिति बैठक पनि बोलाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More