― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsजनताप्रति इमान्दार बन्ने सन्देश बोकेरमात्रै अधिवेशनमा जाऔं : काफ्ले – KhabarHost

जनताप्रति इमान्दार बन्ने सन्देश बोकेरमात्रै अधिवेशनमा जाऔं : काफ्ले – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेले जनताप्रति इमान्दार बन्ने सन्देश बोकेरमात्रै अधिवेशनमा जान अपिल गरेका छन् ।

महाधिवेशनबारे पार्टीका छुट्टाछुट्टै समूहबीच सहमति जुटाउन केन्द्रीय समिति बैठक स्थगित गरिएपछि उनले आडम्बर, ढोङ र पाखण्डबाट माथि उठेर जनताप्रति इमान्दार बन्ने सन्देश बोकेरमात्र अधिवेशनमा जान अपिल गरेका हुन् ।

‘जनताका हकको कार्यान्वयनमा केन्द्रित बनौँ, आडम्बर, ढोङ र पाखण्डबाट माथि उठेर जनताप्रति इमान्दार बन्ने ‘म्यासेज’ बोकेर मात्र अधिवेशनमा अहिल्यै जाउँ तर सच्चिएर,’ उनले फेसबुकमा लेखेका छन्, ‘आम चुनावमा जाउँ एकताबद्ध भएर ।’

कांग्रेस थुप्रै प्रश्नबाट घेरिएको भन्दै उनले पार्टीका पदाधिकारीबीचको स्वार्थ, तानातान र नेतृत्वको होडबाजीसँग जनताले गरेका प्रश्नहरू जोडिन नसकेका उल्लेख गरेका छन् ।

पार्टीको अधिवेशन सहज विषय भएको र महाधिवेशनलाई जटिल बनाउनु आवश्यक नरहेको काफ्लेको भनाइ छ । ‘यसमा राजनीति गर्नुको मतलब हामी अझै पनि जनताको जीविका, सरोकार र लोककल्याणको मुद्दामा सिरियस छैनौँ,’ उनले लेखेका छन् ।

पार्टीको नेतृत्वमा रहेका सबै पदाधिकारी सत्ताको भागबण्डादेखि सरकार सञ्चालनको संयन्त्रमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व राख्ने नीतिगत निर्णयमा सहभागी भएको काफ्लले स्मरण गराएका छन् ।

‘आफ्नो स्वार्थ अनुरूपको भाग खाएका पनि थिए । यो त आरोप होइन नि ? ‘जो चोर उसैको ठूलो स्वर’ भनेर हामीलाई कसैले भनिदियो भने के होला हालत ?,’ नेता काफ्लेले प्रश्न गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More