― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsचौरसियालाई चुनौती दिँदै युवा – KhabarHost

चौरसियालाई चुनौती दिँदै युवा – KhabarHost



१० माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–२ मा चुनावी सरगर्मी बढेको छ । यहाँ पुराना दलका अनुभवी उम्मेदवारका लागि युवाहरूको उम्मेदवारी ‘टाउको दुखाइ’ बन्नसक्ने देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय चौरसिया निर्वाचित भएका थिए । उनले त्यो बेला २८ हजार ४५१ मतसहित जित निकाल्दा जनता समाजवादी पार्टी(जसपा)का सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।

चौरसिया यसपटक पनि यही क्षेत्रमा उम्मेदवार छन् । विशेषगरी युवा, विद्यार्थी, पेशाकर्मी र स्वतन्त्र विचार राख्ने मतदाताले पुराना राजनीतिक संस्कृतिभन्दा फरक, पारदर्शी र जवाफदेही नेतृत्वको अपेक्षा गरेका छन् । यस्तो धारणा राख्ने मतदाताले नयाँ उम्मेदवारतर्फ चासोपूर्वक हेरिरहेका छन् ।

को–को छन् उम्मेदवार ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस क्षेत्रमा अहिले ३६ वर्षीय सुशील साह कानुलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । अहिले उनी वडाध्यक्ष पदबाट राजीनामा दिएर रास्वपाको उम्मेदवार बनेका छन् ।

कानुले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि उनी उपेन्द्र नेतृत्वकै पार्टीमा निरन्तर सक्रिय थिए । तर, अहिले उनले रास्वपा प्रवेश गरेर राजनीतिक पहिचान फेरेका छन् ।

यस्तै यसपटक पुरानोमध्येको एक दल नेकपा एमालेले पनि यो क्षेत्रमा युवा उम्मेदवार २९ वर्षीय रिमा यादवलाई अघि सारेको छ । रिमा एमालेबाट देशभरकै कान्छी उम्मेदवार पनि हुन् ।

यादवको व्यक्तिगत राजनीतिक पृष्ठभूमि लामो नभए पनि उनलाई पारिवारिक पृष्ठभूमिका कारण एमालेले टिकट दिएको स्थानीयको बुझाइ छ । स्नातक तहसम्मको अध्ययन गरेकी रिमाका ससुरा रामायण राउत अहिर एमालेका पुराना नेता रहेको एमालेका मधेश प्रदेश उपाध्यक्ष विचारीप्रसाद यादवले बताए । अहिर २०५६ देखिका एमालेका सक्रिय नेता हुन् । उनकै कारण रिमाले टिकट पाएको प्रदेश उपाध्यक्ष यादवको पनि बुझाइ छ ।

यो क्षेत्रमा एमालेले २०६४को पहिलो संविधानसभा निर्वाचनमा विचारीप्रसाद यादवलाई उम्मेदवार बनाएको थियो । त्यो बेला उनी कांग्रेसका अजयकुमार द्विवेदीसँग पराजित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा भने एमालेबाटै यादव निर्वाचित भएका थिए ।

त्यसपछि एमालेले उम्मेदवारी दिएको यसैपटक हो । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले जसपासँग चुनावी गठबन्धन गरेर यो सिट छाडेको थियो । एमालेसँगकै गठबन्धनमा २०७४ मा जसपाका विमलप्रसाद श्रीवास्तवले जिते पनि २०७९ मा भने कांग्रेसका चौरसियाले जितेका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि यो क्षेत्रमा ४० वर्षमुनिकै युवा उम्मेदवार अघि सारेको छ । विघटित प्रतिनिधिसभामा राप्रपाबाटै समानुपातिकतर्फकी सांसद रहेकी बीना जैसवाल कुर्मी यसपटक प्रत्यक्ष मैदानमा छिन् ।

जसपाले भने यसपटक ४५ वर्षीय अशोक टेमानीलाई उम्मेदवार बनाएको छ । टेमानी नेपाल उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष पनि हुन् । उनी पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो क्षेत्रमा रहेका प्रतिस्पर्धीमध्ये सबैभन्दा ‘हेभिवेट’ उम्मेदवार कांग्रेसका चौरसिया नै हुन् । कांग्रेसमा विद्यार्थी राजनीतिदेखि सक्रिय उनी ०५१ सालदेखि पर्सा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।

२०५६ को प्रतिनिधिसभामा पहिलो पटक चुनाव लडेका चौरसिया निर्वाचित हुँदै २०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायक मन्त्री बनेका थिए । पछिल्लो पटक चौरसिया केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन मन्त्री थिए ।

अहिले मतदातामाझ पुराना भन्दा नयाँ र युवा उम्मेदवारको चर्चा बढी छ । त्यसैले अन्तिम नतिजाका लागि भने फागुन २१ को निर्वाचन परिणाम नै कुर्नुपर्ने हुन्छ ।





Read More