― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsग्लोबल आईएमई बैंकको वार्षिकोत्सव अवसरमा १७५ कर्मचारी सम्मानित

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव अवसरमा १७५ कर्मचारी सम्मानित


राष्ट्रिय

समाचार.

  • ग्लोबल आईएमई बैंकले १९ औं वार्षिकोत्सवमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ।
  • नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको मर्जर र व्यवसाय विस्तारमा गुणस्तर वृद्धिमा जोड दिएको बताए।
  • बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले डिजिटल युगमा नविनतम् तथा ग्राहकमैत्री सेवा दिनेगरी अगाडि बढिरहेको बताए।

२३ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंकले वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान गरेको छ । १९ औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारी सम्मानित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरिएको छ ।

ढकाल लगायत सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेलसहित प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा खादा र सम्मानपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै गुणस्तर वृद्धिलाई ध्यानमा राखेर सेवा थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । स्थापनाको १९ वर्षमा नै अधिकांश वित्तीय सूचकलाई अब्बल बनाउन बैंक सफल भएको उनले बताए ।

‘कुनै पनि संस्था सफल हुनुका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मेहनत र लगनशिलताको उत्तिकै महत्त्व हुन्छ’ उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी अगाडि बढिरहेको बताए ।

बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी वर्षहरूमा बैंकिङ सेवा अझ परिस्कृत हुने बताए । ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।





Read More