― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsराष्ट्र बैंकले निष्कासन गर्‍यो २५ अर्बको बन्ड – KhabarHost

राष्ट्र बैंकले निष्कासन गर्‍यो २५ अर्बको बन्ड – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरी वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्ने जनाएको छ।
  • बैंकले मंगलबार मात्र २५ अर्बको बन्ड र गत साता ७५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरी कुल एक खर्ब तरलता खिचिसकेको छ।
  • ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्ने र अर्धवर्षिक रुपमा ब्याज पाउने व्यवस्था रहेको छ।

२३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि २५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापनका लागि बन्डको प्रयोग बढाएको हो ।

बैंकले मंगलबार मात्र २५ अर्बको सोही प्रकृतिको बन्ड निष्कासन गरेको थियो । त्यसअघि गत साता ३ पटक गरेर ७५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरेको थियो । मंगलबारको बन्ड सहित बैंकले वित्तीय प्रणालीको एक खर्ब तरलता खिचिसकेको छ ।

बैंकले बुधबार पनि अधिक तरलता खिच्नका लागि एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक बन्ड नै जारी गरेको हो । बुधबार निष्कासन भएको सो बन्डमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले अर्धवर्षिक रुपमा ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ङ’ नामको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् । बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुनेछ । मंगलबार निष्कासन भएको बण्डको कुपन रेट २.६९ कायम भएको छ ।

न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।

तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २.५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।





Read More