― Advertisement ―

रोबोटिस्ट रोडनी ब्रूक्स द्वारा दिन को उद्धरण: ‘रोबोटको दृश्य उपस्थितिले यसले के गर्न सक्छ र यो कत्तिको स्मार्ट छ भनेर प्रतिज्ञा गर्दछ’ – एक...

कम्पनीहरूको स्लेटसँग धेरै फरक प्रोटोटाइपहरू निर्माण गर्दै मानवीय रोबोटहरू बढिरहेका छन्। चाहे तिनीहरू उत्पादन लाइनमा हुन डिजाइन गरिएको होस् वा तपाईंको घरको वरिपरि विभिन्न...
HomeLatest newsगोन्जालो गार्सियाको ह्‍याट्रिकमा रियलको फराकिलो जित

गोन्जालो गार्सियाको ह्‍याट्रिकमा रियलको फराकिलो जित


राष्ट्रिय

समाचार.

  • स्पेनिस लालिगामा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको छ।
  • गोन्जालो गार्सियाले ह्याट्रिक गरे भने राउल एसेन्सियो र फ्रान गार्सियाले एक-एक गोल गरे।
  • रियलको १९ खेलबाट ४५ अंक भएको छ भने बार्सिलोनाको ४९ अंक छ।

२१ पुस, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको हो ।

रियलको जितमा गोन्जालो गार्सियाले ह्‍याट्रिक गरे भने राउल एसेन्सियो र फ्रान गार्सियाले एक-एक गोल गरे । बेटिसका चुचो हर्नान्डेजले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २०औं मिनेटमा गोन्जालोले गोल गरेका थिए । दोस्रो हाफको ५०औं मिनेटमा गोन्जालोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पनि दोब्बर पारे ।

५६औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-० ले अगाडि राखे । ६६औं मिनेटमा चुचोले गोल गर्दै गोलअन्तर घटाए ।

८२औं मिनेटमा गोन्जालोले ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा फ्रानले गोल गरेपछि रियल ५-१ ले विजयी भयो ।

जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ । रियलको १९ खेलबाट ४५ अंक भएको छ । बार्सिलोनाको ४९ अंक छ ।

पराजित बेटिस २८ अंकसहित छैटौं स्थानमा छ ।





Read More