― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsगुल्मीमा हराएको १० दिनपछि भेटियो महिलाको शव – KhabarHost

गुल्मीमा हराएको १० दिनपछि भेटियो महिलाको शव – KhabarHost



७ मंसिर, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने करिब ४० वर्षीया सिता थापा हराएको १० दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मंसिर ४ गते प्रहरीमा जानकारी गराइएको थियो ।

धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडास्थित मुक्तिनाथ भण्डारीको ढुंगा माटोले छाएको खाली घरमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, घटनास्थललाई सुरक्षित गरेर थप अनुसन्धान अघि बढाइएको छ ।

मृतकको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More