― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsआन्दोलनका दोषीलाई कारबाही गर्न ‘जेनजी टू’को माग – KhabarHost

आन्दोलनका दोषीलाई कारबाही गर्न ‘जेनजी टू’को माग – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी युवाको समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषीलाई कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेको छ।
  • जेनजी टू समूहका प्रवक्ता अविन लिम्बूले गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको जानकारी दिएका छन्।
  • उनीहरूले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।

७ मंसिर, काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग आइतबार सिंहदरबारमा भएको छलफलमा जेनजी टू नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

भाद्र २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् । जेनजी टू समूहका प्रवक्ता अविन लिम्बूले छलफलको क्रममा गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको बताएको जानकारी दिए ।

उनले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।





Read More