― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsगगन थापा – KhabarHost

गगन थापा – KhabarHost



१२ माघ, बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझ्न आएको बताए ।

समरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको थापाको भनाइ छ । नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेशले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको पनि उनले बताए ।

‘अब म यहाँको भाषा, रहनसहन, भेषभुषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो’, उनले भने, ‘म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।’

काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेशका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेश र मधेशका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए ।

एक पटक भए पनि मधेशप्रति समर्पित नभई, मधेशमा आफू र आफूमा मधेश नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेश झरेको उनले स्पष्ट पारे । रासस

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More