― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
HomeLatest newsगंगालाल हृदय केन्द्रले पनि बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

गंगालाल हृदय केन्द्रले पनि बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम



१ माघ, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ ।

स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको छ ।

कार्यक्रम स्थगित हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गरेको छ । बीमा बाेर्डले भुक्तानी ढिलाइका कारण सेवा बन्द गर्नुपरेकाे केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य बीमाबाट मात्र करिब १४ करोड लिन बाँकी छ । बीमा बोर्डले विपन्न कार्यक्रम पनि आफैं हेर्न थालेपछि झनै समस्या बढेको डा. मल्लको भनाइ छ ।

यसमा विपन्न नागरिक औषधि उपचार कोष (कडा रोग लागेका बिरामीलाई एक लाखसम्म सहयोग) जोडिएपछि थप २५ करोड लिन बाँकी रहेको उनले बताए ।

‘पहिला विपन्नको दाबी सजिलै पास हुन्थ्यो, अहिले बीमाले हेर्दा झमेला बढ्यो र बक्यौता झ्याप्पै बढ्यो’, डा. मल्लले अनलाइनखबरसँग भने, ‘बाध्यताले सेवा बन्द गर्नुपर्याे ।’

यसअघि त्रिवि शिक्षण अस्पतालले पनि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरिसकेकाे छ ।

स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने चेतावनी दिन थालेका छन् ।

बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More