― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsरियल मड्रिड कोपा डेल रेको अन्तिम १६ बाट बाहिरियो – KhabarHost

रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ बाट बाहिरियो – KhabarHost



१ माघ, काठमाडौं । स्पेनी महारथी क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दोस्रो टायरको क्लब अल्बासेटेसँग ३-२ ले पराजित हुँदै रियल बाहिरिएको हो ।

खेलमा अल्बासेटेका लागि जेफ्टे बेटानकरले २ गोल गर्दा जस्टो भिल्लाले १ गोल गरे । रियलका फ्रान्को मास्तानतुनो र गोन्जालो गार्सियाले १-१ गोल गरे ।

४२औं मिनेटमा भिल्लाले गोल गर्दै अल्बासेटेलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा मास्तानतुनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ८२औं मिनेटमा बेटानकरले गोल गरेपछि अल्बासेटे फेरि अग्रतामा आएको थियो ।

इन्जुरी समयमा खेल‌‌ रोचक बन्यो । इन्जुरी समयको पहिलो मिनेटमा गोन्जालो गार्सियाले गोल‌ गरेपछि रियल फेरि खेलमा फर्किएको थियो । तर इन्जुरी समयको चौथो मिनेटमा बेटानकरले गोल गर्दै अल्बासेटेलाई अगाडि बढाए, रियल नकआउट भयो ।

रियल मड्रिड पछिल्लो समय असमान लयमा छ । केही दिनअघि प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त गरेर पूर्वखेलाडी अल्भारो अर्बेओला प्रशिक्षक नियुक्त भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More