― Advertisement ―

अमेजनको गुगल पिक्सेल बिक्रीले मूल्यमा एप्पल र सामसुङलाई उल्लेखनीय रूपमा कम गर्छ – अब किन्नको लागि समय हो

Amazon पक्कै पनि Google ले यो हप्ता पिक्सेल फोनको मूल्यमा कटौती गरेको छ, तर पुन: होस्ट गरिएको सूची हो। सामान्य छुट भन्दा माथि। वास्तवमा,...
HomeLatest newsक्रिकेटर शेर मल्ल भन्छन्- नेपाललाई विश्वकप जिताउन मन छ

क्रिकेटर शेर मल्ल भन्छन्- नेपाललाई विश्वकप जिताउन मन छ



६ पुस, काठमाडौं । क्रिकेटर शेर मल्लले राष्ट्रिय टिममा सहभागी हुँदै नेपाललाई विश्वकप जिताउन मन लागेको बताएका छन् ।

एनपीएल दोस्रो सिजनमा लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका मल्लले विश्वकप उपाधि जित्ने सपना पूरा गर्न मिहिनेत जारी राख्ने बताए ।

बोलन्या थली धनगढीले शनिबार आयोजना गरेको एक कार्यक्रममा मल्लले खेलमा निखार ल्याउन आगामी दिनमा अझै मिहिनेत गर्ने बताए ।

राष्ट्रिय टिममा छनोटमा पर्ने/नपर्ने कुरा आफ्नो हातमा नरहेको बताउँदै उनले भने, ‘म त जहिले पनि पोजेटिभ नै सोच्छु, जे कुरा पनि मेरो लागि पोजेटिभ नै हुन्छ भनेर ।’

‘नेशनल टिमका लागि खेल्न पाउँदा प्राउड फिल हुन्छ । वर्ल्डकप खेल्ने सपना हुन्छ सबैजनाको,’ उनले अगाडि भने, ‘आगामी दिनमा के गर्ने भनेर मेरो फोकस जहिले पनि त्यसमा नै हुन्छ । हुन त सेलेक्सनको पार्ट मेरो हातमा छैन । तर जे हुन्छ राम्रोका लागि हुन्छ ।’

उनले एनपीएलको दोस्रो सिजन पहिलो सिजनको भन्दा राम्रो भएको बताउँदै आगामी सिजन झन् राम्रो हुने विश्वास व्यक्त गरे ।

एनपीएलको दोस्रो सिजनमा मल्लले १७ विकेट लिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More