― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsकैलालीमा ६ सय क्युफिट अवैध काठ बरामद – KhabarHost

कैलालीमा ६ सय क्युफिट अवैध काठ बरामद – KhabarHost



१९ पुस, धनगढी । कैलालीमा डिभिजन वन कार्यालय धनगढीले लुकाएर राखिएको ६ सय क्युफिट अवैध काठ बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा चुरे गाउँपालिका क्षेत्रबाट डिभिजन वन कार्यालय धनगढीको टोलीले चिरान गरेर राखिएको अवैध काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुर नेतृत्वमा गएको टोलीले चुरे गाउँपालिका–२ को  झरना सामुदायिक र त्रिवेणी सामुदायिक वनमा छापा हानेको थियो ।

डिभिजन वन प्रमुख विचारीले अवैध रूपमा चिरान गरेर राखेका सालका कडी, फन्टा तथा फ्रेम गरेर फेला पारेको हो । वन अधिकृत ठाकुरका अनुसार झरना सामुदायिक वनबाट दुई सय र बाँकी काठ त्रिवेणीबाट बरामद गरिएको हो ।

बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा राखिएको छ ।

डिभिजन वन कार्यालय धनगढीले पछिल्लो समय अवैध काठ बरामद कार्यलाई अभियानका रूपमा बढाएको छ ।





Read More