― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsके कांग्रेस-एमालेबीच चुनावी गठबन्धन हुँदैछ ? – KhabarHost

के कांग्रेस-एमालेबीच चुनावी गठबन्धन हुँदैछ ? – KhabarHost



१५ पुस, काठमाडौं । नयाँ शक्तिहरू एकताबद्ध बनिरहेका बेला नेपाली कांग्रेस र नेकपा एमालेले पनि चुनावी गठबन्धन गर्न सक्ने अनुमान चल्दै आएको छ । यस्तो अनुमानलाई बल पुग्नेगरी एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले आज सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रम मार्फत् बादलले आगामी चुनावमा कांग्रेस र एमालेबीच गठबन्धन आवश्यक रहेको तर्क गरे । राष्ट्रिय सभा निर्वाचन हुँदै प्रतिनिधि सभाको चुनावमा समेत दुई दलबीच गठबन्धन गर्नुपर्ने औचित्यबारे बोलेका थिए ।

‘कांग्रेस र एमालेको, दुवै शक्तिहरुको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्र्थापना गर्न सक्छौं । त्यसको यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौं भने हामीले लोकतन्त्रलाई फेरि पुनस्थापना गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सक्छौं ।’

बादलले गठबन्धन गर्दा आधा–आधा सिट भागबण्डाकै प्रस्ताव समेत राखे । १६५ निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेबीच भागबण्डा भए प्रतिगमनलाई परास्त पर्न सकिने बादलको तर्क थियो ।

प्रदीप ज्ञवाली नेतृत्वको मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य वक्ता थिए भने बादलसहित कांग्रेस नेता मीनबहादुर विश्वकर्मा र काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल वक्ता थिइन् । बादलकै जस्तो प्रष्ट भाषामा नभने पनि विश्वकर्माले एमालेसँगको सहकार्य आवश्यक रहेको बताए ।

आगामी राजनीतिक निकासका सन्दर्भमा विश्वकर्माले एमालेसँगको सहकार्य जरुरी रहेको तर्क गरेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता विश्वकर्माले विगतमा पनि एमालेसँग सहकार्य भएको स्मरण गरेका थिए । २०४६ साल र २०६२/०६३ सालको परिवर्तनमा कांग्रेस–एमाले मिलेर लडेको उनले बताए ।

कार्यक्रममा मुख्य वक्ता रहेका ओलीले पनि आगामी चुनावपछि कांग्रेस र एमालेकै सरकार बन्ने बताए । अर्थात् कांग्रेससँग एमालेको चुनावी गठबन्धन आवश्यक रहेको बादलको तर्कलाई पुग्नेगरी ओलीले पनि बोले ।

‘चुनावमा एउटा अनुमान गरौं– एमाले, कांग्रेस बाहेक अरुले सरकार बनाउँछ ? संभव छ यो कुरा ?,’ ओलीले भनेका थिए । बालेनलाई नयाँ प्रधानमन्त्रीको उम्मेद्वार भनेर प्रचार गर्नुको अर्थ नरहेको ओलीले बताएका थिए । यद्यपि बालेनको नाम भने ओलीले लिएनन् ।

ओली निकट नेता प्रदीप ज्ञवालीले कांग्रेस–एमालेका नेताहरू मात्रै बोलाएर विचार गोष्ठी गर्नु र त्यहाँ चुनावी गठबन्धनको सन्दर्भ उठाउनुलाई चासोका साथ हेरिएको छ । अझ कांग्रेसबाट देउवा निकट नेतालाई वक्ता बनाएर राजनीतिक निकासको विकल्पमा दुई दलबीच सहकार्यको प्रसंग उठाइनुले राजनीतिक पंक्ति तरंगित हुने नै भयो ।

यसअघिका घटनाक्रमले पनि आजको कार्यक्रम र नेताहरुको अभिव्यक्तिलाई थप चासोपूर्ण बनाएको छ । विशेषगरी कांग्रेस सभापति देउवासँग ओली र उनी निकट नेताहरूको कुरा विगतबाटै मिल्दै आएको छ ।

जेनजी आन्दोलन हुँदा कांग्रेसकै समर्थनमा ओली प्रधानमन्त्री थिए । पहिलो र दोस्रो दल मिलेर सरकार नबनाउने संसदीय मान्यता विपरीत सात बुँदे सहमति गर्दै २०८१ असारमा ओली प्रधानमन्त्री बनेका थिए । सात बुँदे सहमति बमोजिम ओली पछि देउवा प्रधानमन्त्री बन्ने थिए ।

संविधान संशोधन नै गर्नेगरी सत्ता सहकार्य गरेका नेताहरूले २०८४ सालको चुनावमा पनि गठबन्धन गर्ने संकेत दिन थालेका थिए । तर जेनजी आन्दोलनबाट सत्ता पलट हुँदा मुलुकको शक्ति–समीकरण नै उल्टिन पुग्यो ।

संविधान संशोधन नै गर्नेगरी सत्ता सहकार्य गरेका नेताहरूले २०८४ सालको चुनावमा पनि गठबन्धन गर्ने संकेत दिन थालेका थिए । तर जेनजी आन्दोलनबाट सत्ता पलट हुँदा मुलुकको शक्ति–समीकरण नै उल्टिन पुग्यो ।

नयाँ राजनीतिक शक्तिहरू (रवि लामिछाने, बालेन र कुलमान घिसिङ) एकता गरेरै अगाडि बढ्दा पुराना दलहरु भने दबाबमा देखिएका छन् ।

धरानका मेयर हर्क साम्पाङ आक्रामक चुनावी अभियानमा छन् । मधेशका शक्तिहरू फेरि मिलिसकेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले स–साना १६ भन्दा बढी शक्ति मिलाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् ।

नयाँ–नयाँ ढंगले राजनीतिक ध्रुविकरण भइरहँदा एमाले नेताहरूले प्रमुख शक्तिहरू मिल्नुपर्ने सार्वजनिक अभिव्यक्ति बाक्लो बनाएका छन् । एमाले महासचिव शंकर पोखरेलले भूराजनीतिक संकट देखाएर मुख्य शक्तिबीचको सहकार्यमा वकालत गरिरहेका छन् ।

पोखरेलको तर्क छ– भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षडयन्त्रको पहिलो चरण थियो ।

अब सोही षडयन्त्रको दोस्रो चरणको तयारी पनि शुरू हुँदैछ । यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ ।

महासचिव पोखरेलको यस्तो तर्कभन्दा अगाडि बढेर उपाध्यक्ष बादलले त आधाआधा भागबण्डा सहित कांग्रेससँग चुनावी गठबन्धनकै प्रस्ताव गरे । उनको अभिव्यक्तिबाट दुवै पार्टीभित्र असन्तुष्टि देखिन सक्ने सम्भावना छ ।

तर केही समय यताका दृष्यहरू हेर्दा आगामी चुनावमा कांग्रेस–एमाले बीच चुनावी गठबन्धन हुने सक्ने सम्भावना बढेको छ । स्रोतका अनुसार देउवालाई ओलीले चुनाव भए गठबन्धन र प्रतिनिधि सभा पुनर्स्थापना हुँदा सहकार्यको प्रस्ताव राखेका छन् ।

२१ फागुनमा तोकिएको चुनावमा सहभागी हुने आधिकारिक निर्णय गरिसकेको कांग्रेसका सांसदहरू पुनर्स्थापनाका लागि सर्वोच्च जानुले पनि ओलीको प्रस्तावमा देउवा तयार भएको बुझ्न सकिन्छ । यद्यपि कांग्रेस संस्थापन इतर नेताहरू पुनर्स्थापनाको पक्षमा छैनन् ।

तर पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति दिइसकेका देउवा फेरि आफैँ सक्रिय भएर ओलीको प्रस्तावमा अगाडि बढेका छन् । स्रोतका अनुसार देउवाले निकटस्थहरूलाई एमालेसँग गठबन्धन हुन सक्ने भएकाले त्यसैअनुसार तयारी गर्न समेत भन्न थालिसकेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More