― Advertisement ―

HomeLatest newsकुलमानसँग एकता भाँडिएपछि रविले गरे पार्टीमा ‘ब्रिफिङ’

कुलमानसँग एकता भाँडिएपछि रविले गरे पार्टीमा ‘ब्रिफिङ’



२६ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ । भर्चुअल माध्यमबाट भएको बैठकको सुरुमै सभापति रवि लामिछानेले कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए ।

बैठक स्रोतका अनुसार, सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय पनि भएको छ ।

उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले बतायो ।

‘हरेक दिन नयाँ नयाँ प्रस्ताव लिएर आउने हुन थाल्यो । नयाँ नयाँ भाग मागेको माग्यै गरेपछि हामी अब अघि बढ्न नसक्ने भयौं,’ रविले बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठकलगत्तै कुलमान घिसिङसहितले पत्रकार सम्मेलन गर्ने बताइएको छ । कुलमानलाई सो पार्टीले अध्यक्षको भूमिकामा चयन पनि गरेको छ ।

कुलमान घिसिङ उपसभापति पद हुनेगरी रास्वपासँग सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन ।

समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागू नभएको उज्यालो नेपालको गुनासो छ ।

पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More