― Advertisement ―

बहुविध उपकरणहरूले 2030 सम्ममा शक्तिशाली वितरित एआई क्षमता प्रदान गर्न सक्नेछन्

एआई TO01 द्वारा संयोजन गरिएको यन्त्र, ex01 द्वारा संयोजन गर्न सकिन्छ दशकको अन्त्यस्मार्टफोनहरू, पहिरन योग्यहरू, र इयरबडहरू मुख्य वितरित एआई प्रोसेसर बनिरहेका छन्औसत प्रयोगकर्ताहरूले...
HomeLatest newsकुलमानको पार्टीले गर्‍यो रास्वपाको प्रस्ताव अस्वीकार

कुलमानको पार्टीले गर्‍यो रास्वपाको प्रस्ताव अस्वीकार



१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावबारे संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए ।

तर, रास्वपाको उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एकताको बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय सो पार्टीले गरेको छ ।

बैठक स्रोतका अनुसार, पार्टीको नाम  र चुनाव चिन्हमा रास्वपाको प्रस्तावमा उज्यालो पार्टीले फरक मत राखेको छ ।

रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए ।

जसमा पुनर्विचार गरेर मात्रै निर्णय लिने उज्यालो पार्टीको अडान छ ।

पार्टी निर्णयहरू सार्वजिनक गर्दै सो पार्टीले सहअस्तित्वको विषयलाई मुख्य बुँदा बनाएको छ ।

‘सबैको सहअस्तित्वलाई स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैब एकताको पक्षमा रहेको आवस्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनितीक दललाई आह्वान गर्ने निर्णय गरियो,’ पार्टी निर्णयमा भनिएको छ ।

घिसिङले आजैमात्र काठमाडौं आयोजित पार्टीको एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More