― Advertisement ―

Heartstopper Forever सँग नयाँ Netflix चलचित्रमा एक शानदार अप्रत्याशित द ओडिसी इस्टर एग छ – र यो मात्र होइन कि तिनीहरू दुबैको रिलीज मिति...

Spoilers for Heartstopper Forever अगाडि। चलचित्र मन पराउने जो कोहीको लागि जुलाई १७ एक उत्कृष्ट दिन थियो। हामीले क्रिस्टोफर नोलानको महाकाव्य The Odyssey, तर Netflix...
Homeराष्ट्रिय समाचारकारोबारसँगै घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा – KhabarHost

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ अंकमा कायम भएको छ।
  • कारोबार रकम ९ अर्ब २० करोडबाट घटेर ६ अर्ब ५ करोडमा सीमित भएको छ।
  • मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ।

१७ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : ५४ बजे नेप्से २६५० अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्मै दबाबमा रह्यो । २६५० अंक आजका लागि उच्चतम रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोडमा खुम्चियो ।

७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.०१ प्रतिशत घटे । त्यस्तै व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढे ।

दुई कम्पनी मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मूल्य धेरै बढ्ने अरु धितोपत्रमा डिबेन्चर अगाडि रहे ।

इस्टर्न हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.९२ पिपुल्स हाइड्रोपावरको ४.६८ तथा उन्नति सहकार्य लघुवित्तको ४.५५ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सिनर्जी पावर र युनियन हाइड्रोपावर छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More