― Advertisement ―

सीईओहरू भन्छन् कि AI ले तिनीहरूको व्यवसायहरूलाई अझ उत्पादक बनाउन मद्दत गरिरहेको छ – भले पनि तिनीहरू सधैं के भइरहेको छ भनेर निश्चित छैनन्।

एआईलाई तीन मध्ये एउटाको रूपमा नाम दिइएको छउत्पादनको सबभन्दा ठूलो तथ्यVli> अधिक लागत र ROI कम हुन्छ, अध्ययनले पत्ता लगायोलेगेसी प्राविधिक र सीप अन्तरहरू...
HomeLatest newsकाभा यू-१९ महिला भलिबल खेल्न जाने नेपाली टोलीको बिदाइ

काभा यू-१९ महिला भलिबल खेल्न जाने नेपाली टोलीको बिदाइ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल भलिबल संघले १५ कात्तिकमा काभा यू-१९ महिला भलिबल प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरेको छ।
  • युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले टोलीलाई राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना व्यक्त गर्नुभएको छ।
  • प्रतियोगिता कात्तिक १८ देखि २३ गते कोलोम्बोमा हुँदैछ, जसमा नेपाल, श्रीलंका, माल्दिभ्स र कीर्गिस्तान सहभागी छन्।

१५ कात्तिक, काठमाडौं । श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले टोलीको बिदाइ गरे । उनले युवा खेलाडीहरूलाई राष्ट्रिय झण्डाको गौरव बढाएर आउन शुभेच्छा स्वरूप राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना व्यक्त गरेका थिए।

कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने प्रतियोगितामा प्रतियोगितामा नेपाल, श्रीलंका, माल्दिभ्स र कीर्गिस्तान सहभागी छन् ।

गत वर्ष माल्दिभ्समा भएको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानले उपाधि जित्दा नेपाल तेस्रो भएको थियो ।

नेपालको टोलीमा ६ जना नयाँ खेलाडीहरू छन् । अघिल्लो वर्ष यू-२० च्याम्पियनसिपमा खेलेका जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ यू-१९ टोलीमा पनि परेका छन् ।

नेपालको टोली : जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिस्मा डांगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, स्न्निता खत्री, रेविका लामा तामाङ र विनिता राना

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More