― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsकाठमाडौं टू मनाङ, आकाशबाट जे देखियो (तस्वीरहरू) – KhabarHost

काठमाडौं टू मनाङ, आकाशबाट जे देखियो (तस्वीरहरू) – KhabarHost



७ कात्तिक, काठमाडौं । चाडपर्वको समय । अझ भनौं महान चाड तिहारको बिदा । धेरैजसो आन्तरिक पर्यटकहरू यही मौका छोपेर काठमाडौंबाहिर घुम्न निस्किएका छन् ।

दशैंको बिदामा देशभर परेको अविरल वर्षा र राजमार्गमा भएको समस्याले धेरै पर्यटक बाहिरिएनन् ।

तर, मौसम सफा भएसँगै अहिले घुम्न जानेहरूको लर्को राजमार्गमा भेटिन थालेका छन् ।

अझै, पोखरा, मनाङ, मुस्ताङ, पर्वतको कुस्मा लगायतका क्षेत्रमा पर्यटकहरूको घुँइचो बढ्न थालेको छ । सफा मौसममा घुम्ने समय निकालेका पर्यटकहरू कोही हिमालको हिँउसँग त कोही मनोरम पहाडका टाकुरासँग रमाइरहेका भेटिन्छन् ।

यसैबीच, काठमाडौंदेखि मनाङको तिलिचो तालसम्म हेलिकप्टरबाट नियाल्दा अत्यन्तै मनोरम दृश्यहरू देखिए ।

कतै बाक्ला बस्ती, कतै घना जंगल त कतै हाँसिरहेको हिमालले यतिबेला मनाङ घुम्न जाऔं जाऔं लाग्ने बनेको छ ।

थप तस्वीरहरू :

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More