― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsकलाकारमाथिको हुर्मत लिने कार्य रोक्न चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आग्रह

कलाकारमाथिको हुर्मत लिने कार्य रोक्न चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आग्रह


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले केही राजनीतिक दल र व्यक्तिबाट कलाकारमाथि गरिएको सम्मानप्रति प्रहार र हुर्मत लिने कार्य तत्काल रोक्न आग्रह गरेको छ।
  • अध्यक्ष केपी पाठकले साइबर कानूनको प्रभावकारी कार्यान्वयन गरी दुष्प्रचार रोक्न सरोकार निकायको ध्यानाकर्षण गराउनुभएको छ।
  • संस्थाले कलाकारलाई अनावश्यक पीडा दिन र सामाजिक सरोकारमा बोल्नबाट वञ्चित गर्ने प्रयास बन्द गर्न र कानूनी उपचारको बाटोमा लाग्न चलचित्र संघसंस्थालाई आग्रह गरेको छ।

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा केही राजनीतिक दल र व्यक्तिबाट कलाकारको सम्मानमाथिको प्रहार र हुर्मत लिने कार्य भैरहेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ ।

अध्यक्ष केपी पाठकले साइबर कानूनको प्रभावकारी कार्यान्वयन गरी त्यस्तो दुष्प्रचार रोक्न तत्काल हस्तक्षेपकारी भूमिका खेल्न सरोकार निकायको ध्यानाकर्षण गराएका छन् ।

‘कलाकारलाई अनावश्यक पीडा दिन र सामाजिक सरोकारका विषयमा बोल्नबाट वञ्चित गर्ने कुनै पनि किसिमको नियन्त्रणको प्रयास बन्द गरियोस्’ विज्ञप्तिमा संस्थाले भनेको छ ।

आफू अनुकूल बोल्दा सहि र प्रतिकूल बोल्दा गलत मान्ने परिपाटीको निन्दा गर्दै कानूनी उपचारको बाटोमा लाग्न र पेशागत ऐक्यबद्धता जनाउन चलचित्र सम्बन्धी संघसंस्थालाई प्रतिष्ठानले आग्रह गरेको छ ।

संस्थाले कलाकर्मीको पक्षमा ऐक्यबद्धता समेत जनाएको छ । ‘राज्य कानूनी मूल्यहरूप्रति निष्ठावान रह्यो भने कला र अभिव्यक्ति स्वतन्त्रताको गला पटक–पटक निमोठिने छैन र लोकतन्त्र अझै बलियो र समुन्नत बन्दै जानेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्ला केही दिनयता जेनजी आन्दोलनका क्रममा खिचिएका कलाकारका फोटो र भिडियोलाई सेयर गर्दै उनीहरू तोडफोड र आगजानीमा संलग्न रहेको आरोपहरू लगाइएको छ । तर, ती कलाकारले आरोपहरूको सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More