― Advertisement ―

सामसुङले प्राइम डेलाई ठूलो टिभी बिक्रीको साथ पञ्चमा पछाडी दियो – सबैभन्दा बढी बिक्रि हुने 4K, QLED र OLED टिभीहरूमा $१,५०० सम्म छुट

साप्ताहिक समाचारपत्रहरू दैनिक समाचार, साप्ताहिक सम्झौता र हप्ताका शीर्ष प्राविधिक कथाहरू प्राप्त गर्नुहोस् टिप्पणी पहुँच वार्तालापमा सामेल हुनुहोस्, आफ्नो विचार साझा गर्नुहोस् र विशेषज्ञ सल्लाह...
HomeLatest newsकाठमाडौंमा ६५ लाखको चोरी, दाङबाट समातिए आरोपी – KhabarHost

काठमाडौंमा ६५ लाखको चोरी, दाङबाट समातिए आरोपी – KhabarHost



१७ पुस, काठमाडौं । बालुवाटारमा ६५ लाख रुपैयाँ भन्दा बढीका सरसामानहरू चोरी भएका छन् । चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानरपालिका–६ गोलौरी घर भइ काठमाडौंको खुर्सानीटार बस्ने २४ वर्षीय दुर्गाबहादुर केसी छन् । उनलाई उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा दाङबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

उनले १२ पुसको राति बालुवाटारमा रहेको स्टोर्म नेटवर्क प्रालिको ४८ लाख ७२ हजार ६२० र इको भ्याली प्रालिको ८ लाख ५८ हनार ५४१ रुपैयाँ भन्दा बढी नगद र गरगहना गरी चोरी गरेको प्रहरीले बताएको छ ।

उनीबाट चाँदीको ब्रास्लेट १५ थान, चादीको २८ थान सिक्का, धाँदीको धातु १ थान, डेल कम्पनीको ल्यापटप बरामद भएको छ । उनको साथबाट ३४ हजार ५३० नगद र घरबाट ६४ लाख ८२ हजार ६१० नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More