― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsकाठमाडौंमा ‘सिन्धुली जुनार मेला’, कुन किसानले फलाएको क्युआर कोडबाट हेर्न मिल्ने

काठमाडौंमा ‘सिन्धुली जुनार मेला’, कुन किसानले फलाएको क्युआर कोडबाट हेर्न मिल्ने


राष्ट्रिय

समाचार.

  • साताव्यापी सिन्धुली जुनार मेलाको पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ।

३ पुस, काठमाडौं । साताव्यापी ‘सिन्धुली जुनार मेला’को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । सिन्धुलीको प्रसिद्ध जुनारलाई आधुनिक ब्राण्डिङ र प्रविधिसहित प्रवर्द्धन गर्न स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा ‘सिन्धुली जुनार मेला’ सुरु भएको हो ।

आयोजकका अनुसार काठमाडौंका विभिन्न मेला राखिने छ । जसअनुसार पुस ३ र ४ गते कुपण्डोलस्थित साझा सहकारीमा, पुस ४ देखि ६ गतेसम्म धोबीघाटमा र पुस ८ गते भनिमण्डल हाटबजारमा सञ्चालन हुनेछ ।

मेलामा ग्राहकहरूले जुनारको प्याकेटमा रहेको क्युआर कोड स्क्यान गरेर जुनार कुन बगैँचामा फलेको, कुन किसानले फलाएको र कहिले टिपिएको हो भन्ने विस्तृत विवरण मोबाइलमै हेर्न सक्ने बताइएको छ । त्यस्तै यस वर्षको मेलामा जुनारलाई फलको रूपमा मात्र नभई केक, आइसक्रिम, सलाद र तातो जुसजस्ता विभिन्न परिकारका रूपमा समेत प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।

सिर्जनशील कृषि फर्मका सञ्चालक योगेन्द्र थापाका अनुसार विगत पाँच वर्षदेखि काठमाडौंमा गरिँदै आएको यस्ता महोत्सवले सिन्धुलीको जुनारको छुट्टै ब्राण्ड स्थापित गरेको छ । त्यस्तै योञ्जन टेक्नोलोजी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा गोलन्जोर गाउँपालिकाका जुनार बगैँचा र रुखहरूको डिजिटल म्यापिङ गरी उत्पादनको पूर्वानुमान र बजार व्यवस्थापन समेत सुरु गरिएको उल्लेख छ।





Read More