― Advertisement ―

धेरै कम्पनीहरूले मार्केटिङ इमेलहरू पठाइरहन्छन् जबकि ती अभियानहरूले वास्तवमा राजस्व उत्पन्न गर्छन् वा मापनयोग्य प्रभाव बिना नै गायब हुन्छन्।

अधिकांश ईमेल ट्र्याकहरू फिर्ता गर्न सक्दैनन्। अभियानहरूसशक्त ROI सक्रिय रूपमा कार्यसम्पादन मापन गर्ने कम्पनीहरूका लागि मात्र अवस्थित छधेरै टोलीहरू गहिरो अप्टिमाइजेसन रणनीतिहरू बिना सामग्री...
HomeLatest newsकांग्रेस छिरेपछि सुनिल थापालाई अवसरै अवसर – KhabarHost

कांग्रेस छिरेपछि सुनिल थापालाई अवसरै अवसर – KhabarHost



२३ पुस, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लागेपछि नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

उनी राजावादी नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाको राजनीति संकटमा परेपछि २०७७ सालमा सुनिल नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यसबेला उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बनाएका थिए ।

बुधबार भने थापाको राजनीतिक यात्रामा अर्को एउटा ‘सुनौलो अध्याय’ थपियो । उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भए ।

संयोग यस्तो मिल्यो कि, विपक्षी नेकपाका उम्मेदवार समयमा आइनपुगेपछि कांग्रेसका थापाका लागि राष्ट्रिय सभाको ढोका बिना प्रतिस्पर्धा खुल्यो ।

राष्ट्रिय सभामा नेकपाले हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो । संखुवासभाबाट विराटनगर आउन ढिलो भएपछि थापा निर्विरोध भए ।

राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्नका लागि थापाले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए । १६ चैत २०७९ मा थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । त्यसबेला थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए ।

उनले राष्ट्रिय सभामा उम्मेदवारी दिनका लागि गत १ पुसमा राष्ट्रपति पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए ।

थापा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा-२ बाट राप्रपाका तर्फबाट प्रत्यक्ष चुनाव जितेका थिए । यो उनका बुबा सूर्यबहादुर थापाको क्षेत्र हो ।

२०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । २०७९ सालको निर्वाचनमा भने धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका थिए ।

थापाले लामो समय संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा काम गरे । जागिर छाडेर उनी राजनीतिमा प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेदेखि नै थापाले पछाडि फर्केर हेर्नु परेको छैन ।

२०७७ सालमा कांग्रेस प्रवेश गर्दा उनी सिधै सहमहामन्त्री जस्तो शक्तिशाली पदमा आसिन भए । त्यसपछि पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर आफ्नो पकड बलियो बनाए । राष्ट्रपतिको सचिवालयमा काम गरेका थापा त्यहाँबाट राजीनामा दिएर अहिले राष्ट्रिय सभामा पुगेका छन् ।





Read More