― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsनेकपाले गठबन्धन तोड्यो, पोर्तेललाई राष्ट्रिय सभाको ढोका खुल्यो

नेकपाले गठबन्धन तोड्यो, पोर्तेललाई राष्ट्रिय सभाको ढोका खुल्यो


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका सोम पोर्तेलले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशको दलित कोटामा उम्मेदवारी दिएका छन्।
  • पोर्तेलको नाम नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ।
  • कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि ३६७ मतदाता छन्, जसमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख समावेश छन्।

२३ पुस, विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका सोम पोर्तेलले उम्मेदवारी दिएका छन् । उनले कोशी प्रदेशको दलित कोटामा उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका पोर्तेलको नाम नेकपा एमालेले यसअघि निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीमा छ ।

कांग्रेस, एमाले र नेकपा सम्मिलित गठबन्धन बन्ने निश्चित हुँदा बुधबार बिहानसम्म उनको उम्मेदवारीको टुङ्गो थिएन । महिला कोटा पाएका कारण एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई अघि सारेको थियो ।

भागबण्डामा चित्त दुखाउँदै नेकपाले गठबन्धन छाडेपछि कोशी प्रदेशबाट पोर्तेलले पनि अवसर पाए । गठबन्धन बलियो भएका कारण उनको जित लगभग निश्चित छ ।

निर्वाचन कानुन अनुसार एकै पटक दुई वटा निर्वाचनको उम्मेदवार बन्न मिल्दैन । मनोनयन दर्ता गरेलगत्तै पोर्तेल केही हतास र चिन्तित देखिएका थिए । बन्दसूचीमा नाम कायमै रहँदा उम्मेदवारीमा दाबी-विरोध पर्न सक्ने डर उनमा देखिन्थ्यो ।

तर, पार्टीका माथिल्लो तहका नेताहरूले बन्दसूचीबाट पार्टीले नाम फिर्ता लिने आश्वासन दिएपछि उनी ढुक्क देखिए । पार्टीका नेताले निर्वाचन आयोगलाई पत्राचार गरेर बन्दसूचीबाट नाम फिर्ता लिने प्रक्रिया अगाडि बढाइसकेको जानकारी उनलाई दिए ।

झापा निवासी पोर्तेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् । उनले आफ्नो राजनीतिक यात्रा पार्टीको वडा कमिटीबाटै सुरु गरेका थिए । उनले वडा, गाउँ र जिल्ला हुँदै प्रदेश सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिबारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो ।

पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उपमहासचिव छन् ।

पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको भूमिका निर्वाह गरेका थिए ।

उनले राष्ट्रिय सभामा युवाहरूको मुद्दा उठाउनका लागि पार्टीले आफूलाई पठाएको बताए । ‘पहिले राष्ट्रिय सभालाई ज्येष्ठहरू, अनुभवी र पुराना मान्छेलाई सम्मान गर्ने थलोको रूपमा लिइन्थ्यो,’ उनले भने, ‘अब राष्ट्रिय सभामा युवाहरू पनि जानुपर्छ र युवाको भूमिका प्रभावकारी हुनुपर्छ भन्रे हिसाबले पार्टीले मलाई अघि सारेको छ ।’

कोशीमा राष्ट्रिय सभाका लागि ३६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् ।

प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २१०, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २९७, राप्रपाको ३९४, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More