― Advertisement ―

‘यो अस्वीकार्य छ’ – SAG/AFTRA ले भाइरल Seedance 2.0 AI-उत्पन्न पिट-क्रूज लडाइमा प्रतिक्रिया दिन्छ

Toing Brad को एक भाइरल AI भिडियो छ पिटयो सामाजिक सञ्जालमा हात-खुट्टा चर्किएको छSAG/AFTRA आक्रोशित छSedance 2.0, स्प्लास बनाउनको लागि सबैभन्दा नयाँ जेनेरेटिभ AI...
HomeLatest newsकप्तान रोहितको अर्धशतकमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई हरायो

कप्तान रोहितको अर्धशतकमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई हरायो


राष्ट्रिय

समाचार.

  • नेपाली पुरुष क्रिकेट टोलीले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा भारतको एमसीए प्रेसिडेन्ट ११ लाई ७ विकेटले पराजित गरेको छ।
  • नेपालले एमसीएले दिएको १४३ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ, नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।

१५ माघ, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको पहिलो अभ्यास टी-२० खेल जितेको छ ।

बिहीबार ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई ७ विकेटले पराजित गरेको हो । एमसीएले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

कप्तान रोहितले ४३ बलमा सर्वाधिक ५० रन बनाएर नटआउट रहे । त्यस्तै ओपनर कुशल भुर्तेलले २१ बलमा ३८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ बलमा २८ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीएले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो । एमसीएका लागि सिद्धार्थ आकरेले सर्वाधिक २८ तथा परिक्षित वलसंकरले २७ रन बनाए ।

नेपालका लागि नन्दन यादवले २ तथा शेर मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र कुशल भुर्तेलले १-१ विकेट लिए ।

नेपालले यही टोलीसँग शनिबार दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले फेब्रुअरी ३ मा यूएई अनि फेब्रुअरी ५ मा क्यानडासँग चेन्नईमा वार्म अप खेल्नेछ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More