― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsओली, देउवा र प्रचण्ड भेट्ने इच्छा छैन प्रधानमन्त्रीलाई

ओली, देउवा र प्रचण्ड भेट्ने इच्छा छैन प्रधानमन्त्रीलाई


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताउनुभयो।
  • उहाँले जेनजी युवाहरूले दलभित्र ती नेताहरूको विकल्प खोजेको र आफूले युवाहरूको भावना सम्मान गर्ने उल्लेख गर्नुभयो।
  • कार्कीले भने, ‘अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ’ तर एउटै नेतृत्व हेर्नु उचित नभएको बताउनुभयो।

१४ कात्तिक, काठमाडौं । जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताएकी छन् ।

सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् ।

कार्कीले भनिन् :

केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष शक्तिमा रहनुभयो । जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेका छन् । अस्ति यहाँ वार्तामा बस्दा पनि जेनजीले दलहरूलाई २३ र २४ भदौको संहारमा ती नेताहरूको भूमिकाबारे प्रश्न उठाए ।

तर मैले कुरा नगरे पनि मन्त्रीहरू रामेश्वरजी, कुलमानजी, ओमजीहरूले कुरा गरिराख्नुभएकै छ । दलहरूसँग कुरा नगर्ने भन्ने होइन । लोकतन्त्रमा दलहरूसँगै कुरा गर्नुपर्छ । मैले पनि गरेकै छु ।

यहाँ ईश्वर पोखरेल, पूर्णबहादुर खड्काहरू आइराख्नुभएकै छ । शंकर पोखरेल प्रदीप ज्ञवाली गगन थापा आदि आउनुहुन्छ । दलहरूसँग हाम्रो कुरा भइराख्छ । जेनजीले पनि दलसँग कुरा गर्नेबारे आपत्ति गरेका छैनन् । नियम कानुन संविधान राम्रोसँग बुझ्छन् जेनजीले । सरुमा जस्तो कडा कुरा छैन ।

तर मलाई चाहिँ उहाँहरूसँग (ओली, देउवा, प्रचण्ड) सँग कुरा गर्ने इच्छा । अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ । तर एउटै लिडरसिप कति हेर्नु । अस्ति रास्वपाकी निशा डाँगीले यहाँ भनिन् पनि : म जन्मिँदा पनि तपाईंहरू नै नेता हुनुहुन्थ्यो । म सांसद भइसकेँ, अझै तपाईंहरू नै नेता ?’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More