राष्ट्रिय
समाचार.
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा र विन्दा पाण्डेलाई चुनाव जित्ने आधार नभएकाले टिकट नदिएको बताएका छन्।
- विन्दा पाण्डेले सामाजिक सञ्जालमा यसपटक टिकट नमागेको र यसअघिका सन्दर्भमा जनताको बीचमा जान आधार नदिइएको उल्लेख गरेकी छन्।
- पाण्डेले ओलीसँग मत बझाएको आरोप अस्वीकार गर्दै सुशासनको पक्षमा कुरा गर्दा मत मिल्दैन भने माफ गर्न आग्रह गरेकी छन्।
९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति विन्दा पाण्डेले असन्तुष्टि जनाएकी छन् ।
एउटा अन्तर्वार्तामा ओलीले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा र विन्दा पाण्डेहरुलाई टिकट नदिइनुको आधारबारे बोलेका थिए। चुनाव जित्ने आधार नभएकाले टिकट नदिइएको ओलीले बताएका थिए। पाण्डेले सामाजिक सञ्जाल मार्फत् यसपटक टिकट नै नमागेको र यसअघिकै सन्दर्भमा पनि जनताको बीचमा जाने आधार नदिइएको उल्लेख गरेकी छन्।
ओलीसँग मत बझाएको सन्दर्भमा पाण्डेले सुशासनको कुरा गर्दा यस्तो तर्क गरिन नहुने बताएकी छन्। ‘पुनस्मरण गराउन चाहन्छु अध्यक्ष कमरेडसँग मैले कुनै मत बजाएकी होइन र छैन । सुशासनको पक्षमा कुरा उठाउदा यहासँग मत मिल्दैन भने माफ गर्नु होला,’ पाण्डेले लेखेकी छन्।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

