― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsमिर्चैयामा जलेको अवस्थामा महिलाको शव फेला – KhabarHost

मिर्चैयामा जलेको अवस्थामा महिलाको शव फेला – KhabarHost



९ माघ, सिरहा । सिरहाको मिर्चैयामा बेवारिसे अवस्थामा एक महिलाको जलेको शव फेला परेको छ । मिर्चैया नगरपालिका–७ स्थित छघरे बस्तीबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने टेना खोलामा शव फेला परेको हो ।

स्थानीय बासिन्दाले खोलामा जलेको शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए ।

सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए।

एसपी शर्माका अनुसार शव लामो समयअघि खोलामा फालिएको आशंका गरिएको छ । शवको तल्लो भाग हड्डी मात्र बाँकी रहेको छ भने माथिल्लो भाग आंशिक रूपमा जलेको अवस्थामा फेला परेको छ ।

साथै, शरीरका विभिन्न स्थानमा दागहरूसमेत देखिएको उनले बताए । यी प्रारम्भिक अवस्थालाई हेर्दा महिलाको हत्या गरी शव जलाएर खोलामा फ्याँकिएको हुन सक्ने प्रहरीको आशंका छ ।

हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थप विवरण खुल्ने एसपी शर्माले बताए ।

प्रहरीले घटनास्थल आसपासका स्थानीय बासिन्दा तथा सम्भावित साक्षीहरूसँग सोधपुछ गरिरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More