― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsओलीको प्रश्न- दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?

ओलीको प्रश्न- दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?



१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले थिति र विधिको शासन देशमा नभएको बताए ।

हिजो मात्रै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका गम्भीर मुद्दाहरू फिर्ता लिने निर्णय गरेको थियो ।

‘अहिले थिति र विधिको शासन होइन । जसको लाठ्ठि त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ । त्यसैगरी चलेको छ,’ ओलीले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ । लज्जाको विषय भएको छ । यस्तो पनि हुन्छ ?’

यसअघि डिम्ब कारोबारमा मुछिएकी महान्यायाधिवक्ता सविता भण्डारी बरालबारे केही काण्ड बिर्सिन खोजे पनि एकपछि काण्ड आएको आरोप लगाए ।

‘यसो बिर्सियौं भन्यो, डिम्बका कारोबार बिर्सियौं भन्यो फेरि अर्को काण्ड । अर्को काण्ड बिर्सिऔं भन्यो फेरि अर्को काण्ड,’ ओलीले थप प्रश्न गर्दै भने, ‘अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड । दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?’





Read More