― Advertisement ―

HomeLatest newsएमाले प्रतिनिधि छनोटः रामेछाप र दोलखामा संस्थापनको वर्चस्व

एमाले प्रतिनिधि छनोटः रामेछाप र दोलखामा संस्थापनको वर्चस्व


एमालेको ११ औँ महाधिवेशनका लागि दोलखामा छनौट भएका प्रतिनिधि ।


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको ११औँ महाधिवेशनका लागि रामेछापमा १२ र दोलखामा ९ जना सर्वसम्मत केन्द्रीय प्रतिनिधि छनोट भएका छन्।
  • रामेछापमा पूर्व जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल, पुरुषोत्तम कडरिया र गंगा देवी कार्कीसहित १२ जना प्रतिनिधि छनोट भएका छन्।
  • दोलखामा ४ खुल्ला, ३ महिला, १ दलित र १ युवा गरी ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

१४ मंसिर, काभ्रेपलाञ्चोक । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि रामेछाप र दोलखामा सर्वसम्मत केन्द्रीय प्रतिनिधि छनोट भएका छन् । रामेछापमा १२ र दोलाखामा ९ जना प्रतिनिधि छनोट भएका छन्।

रामेछापमा कार्यकर्तामा असंन्तुष्टिका बीच प्रतिनिधिको छनोट गरिएको छ । पटक पटकको प्रयासपछि आइतबार जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाई नेतृत्वको ४ सदस्यीय समितिले १२ जना प्रतिनिधिको नाम टुङ्ग्याएको थियो ।

कार्यदलले जिल्लामा पूर्व जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल, आनन्द श्रेष्ठ, वर्तमान अध्यक्ष पुरुषोत्तम कडरिया, ईन्द्रबहादुर तमाङ, टंकप्रसाद चौलागाई, ज्ञानकुमारी योञ्जनलाई छनोट गरेको थियो । महिलाबाट गंगा देवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी र सीताकुमारी खत्री छनोट भए ।

युवा तर्फ बलबहादुर माझी र उत्पीडितबाट सिताराम लोहारलाई महाधिवेशन प्रतिनिधिको रुपमा सर्वसम्मत चयन गरिएको थियो ।

रामेछापमा संस्थापन पक्ष बलियो छ । छनोट भएका मध्य पूर्व जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल  र मखमली श्रेष्ठ मात्र पोखरेल पक्षमा खुलेका छन् । यद्यपि पौडेलले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने तर्क गर्दै आएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै पौडेलले एक अर्कासँग आरोप प्रत्यारोपमा लाग्ने बेला नभएकोले सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।

जेनजी आन्दोलन भन्दा अघि विद्या भण्डारी पक्षमा देखिएका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, टंकप्रसाद चौलागाई र गंगा देवी कार्की प्रतिनिधि बन्ने बेलासम्म ओली क्याम्पमा पुगेको स्रोतले जनाएको छ ।

कडरिया बिशेषगरी केन्द्रमा विष्णु पौडेलको लाइनमा भएकोले पौडेल जता हुन्छन्, त्यतै हुने गरेका छन् ।

यहाँ विधान अनुसार १२ जना प्रतिनिधि छनोटको लागि ६७ जनाको उम्मेद्वारी दर्ता भएपछि प्रतिनिधि छनौट गर्ने अधिकार जिल्ला ईन्चार्ज कमल चौलागाई, केन्द्रिय सदस्य माधव ढुंगेल, गिता कार्की र जिल्ला अध्यक्ष पुरुषोतम कडरिया लगायतलाई जिम्मा दिइएको निर्वाचन अधिकृत नवराज पथिकले जानकारी दिए ।

दोलखामा हाराहारी

दोलखामा पनि सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । ९ जना प्रतिनिधि छनोट भएकोमा खुल्लातर्फ ४, महिलातर्फ ३ तथा दलित र युवा एक-एक जना छन् ।

खुल्लातर्फ नरबहादुर श्रेष्ठ, भरत बहादुर केसी, ईश्वरचन्द्र पोखरेल र डबल पाण्डे छन् । महिलातर्फ शान्ति कुमारी तामाङ, उर्मिला थामी र शारदा राणा चयन भएका छन् भने दलिततर्फ विशाल विक र युवा तर्फ लक्ष्मण गुभाजु छनोट भएका छन् ।

यी मध्ये ५ जना ओली र ४ जना पोखरेल पक्षका छन्। नरबहादुर, भरत, डबल, शारदा र लक्ष्मण ओली समूहका चयन भए भने ईश्वरचन्द्र, शान्ति कुमारी, उर्मिला र विशाल ईश्वर पोखरेल समूहका चयन भए ।

हेर्नुहोस् प्रतिनिधि छनोटका नामावली :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More