― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsविश्वब्यापी संगीत च्यानल बन्द गर्ने एमटिभीको निर्णय – KhabarHost

विश्वब्यापी संगीत च्यानल बन्द गर्ने एमटिभीको निर्णय – KhabarHost


राष्ट्रिय

समाचार.

  • एमटिभीले सन् २०२५ को अन्त्यसम्ममा आफ्नो अन्तर्राष्ट्रिय संगीत प्रसारण बन्द गर्ने निर्णय गरेको छ।
  • एमटिभी म्युजिक र यसको ८० र ९० को दशकका कार्यक्रम बेलायत, युरोप, फ्रान्स, जर्मनी, पोल्याण्ड, अष्ट्रेलिया र ब्राजिलमा बन्द हुनेछन्।
  • डिजिटल स्ट्रिमिङ प्लेटफर्मको उदयले एमटिभीको लोकप्रियता घटेको र संगीत प्रसारणमा नयाँ युगको अन्त्य भएको मेट्रोपोलिटन विश्वविद्यालयका प्राध्यापकले बताए।

काठमाडौं । ‘भिडियो किल्ड द रेडियो स्टार’ नामक सांगीतिक भिडियो प्रसारण गर्दै एमटिभीले सन् १९८१ मा संगीत र पप संस्कृतिको नयाँ युगको सुरुवात गरेको थियो ।

४ दशकभन्दा बढी समय पछि, अमेरिकी मिडिया दिग्गज प्यारामाउन्ट स्काइडान्सको स्वामित्वमा रहेको यो च्यानलले अनलाइन स्ट्रिमिङ र सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेको हुनाले सन् २०२५ को अन्त्यसम्ममा आफ्नो अन्तर्राष्ट्रिय संगीत प्रसारण बन्द गर्नेछ ।

प्यारामाउन्टका स्रोतहरूले एएफपीलाई बताएअनुसार, आगामी महिनाहरूमा बेलायत र अन्य युरोपेली देशमा एमटीभी म्युजिक, एमटीभी हिट्स र यसका ८० र ९० को दशकका संगीत कार्यक्रम बन्द हुनेछन् ।

यी संगीत च्यानलको प्रसारण वर्षको अन्त्यमा फ्रान्स, जर्मनी, पोल्याण्ड, अष्ट्रेलिया र ब्राजिलमा पनि बन्द हुनेछन् ।

यसलाई निराश प्रशंसक र एमटिभीका पूर्वभिडियो जकीहरूले ‘एक युगको अन्त्य’ को रुपमा घोषणा गरेका छन् । भिडियो भनेर चिनिने लोकप्रिय संगीत प्रस्तुतकर्ता जो नेटवर्कको लोकप्रियताको उचाइमा लाखौं स्क्रिनमा देखा परेका थिए ।

‘यद्यपि, एमटिभीलाई ‘क्रान्तिकारी’ बनाउने अवस्थाहरू अब “अस्तित्वमा छैनन्’ म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालयका स्क्रिन अध्ययनका प्राध्यापक क्रिस्टी फेयरक्लोले भने ।

युट्युब र टिकटक जस्ता डिजिटल स्ट्रिमिङ प्लेटफर्मको उदयले “संगीत र तस्बिरहरूसँग हाम्रो संलग्नतालाई पूर्ण रूपमा पुनः आकार दिएको छ’ लोकप्रिय संस्कृतिका अनुसन्धानकर्ताले एएफपीलाई बताए ।

उनले भने, ‘दर्शक वा श्रोताले अब “तत्काल’ र ‘अन्तक्र्रियात्मकता’ को अपेक्षा गर्छन् जुन टेलिभिजनको अगाडि बसेर रोलिङ म्युजिक भिडियो हेर्दा प्रदान गर्न सकिँदैन ।

सन् १९९० को दशकमा एमटिभी युरोपका नृत्य संगीत कार्यक्रमको निर्देशन र निर्माण गर्ने जेम्स हाइमन इन्टरनेट सर्वव्यापी हुनुभन्दा पहिले नै नेटवर्क फस्टाएको कुरामा सहमत छन् ।

‘यो धेरै रोमाञ्चक थियो, किनकि त्यो मुख्यतया सबै मानिससँग थियो’ हाइमनले एएफपीलाई भने ।

केही एमटिभी संगीत च्यानलहरू संयुक्त राज्य अमेरिकामा प्रसारणमा रहनेछन्, र प्रमुख एमटिभी एचडी च्यानल बेलायतमा उपलब्ध हुनेछ, तर संगीतको सट्टा मनोरञ्जनमा केन्द्रित हुनेछ ।

फेयरक्लोले भने, ‘एमटीभी र एमटीभी युरोपको प्रभाव यसको उत्कर्षको समयमा “भूकम्पीय“ थियो, जसले विश्वभरका संगीत प्रशंसकको घरमा प्रसिद्ध र उदीयमान कलाकारहरू ल्यायो ।’

सन् १९८४ मा पहिलो एमटिभी भिडियो म्युजिक अवार्डमा माइकल ज्याक्सनको “थ्रिलर“ म्युजिक भिडियोको प्रिमियर र म्याडोनाको “लाइक अ भर्जिन“ प्रस्तुति जस्ता क्षणहरूले सांस्कृतिक अन्तर्संवादलाई आकार दिए ।

“एमटिभी यति शक्तिशाली थियो कि यसले युवा संस्कृतिलाई परिभाषित गर्‍यो,“ बेलायत र युरोपमा फेसन, फिल्म र संगीतमा यसको व्यापक प्रभावलाई सम्झँदै हाइमनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More