― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsएमाले नेतृत्व फेर्न युवराज ज्ञवालीले दिएका चार कारण

एमाले नेतृत्व फेर्न युवराज ज्ञवालीले दिएका चार कारण


फाइल फोटो


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेतृत्व पुनर्गठन गर्नुपर्ने चार कारण प्रस्तुत गरेका छन्।
  • ज्ञवालीले नयाँ पुस्ताको आवाज सम्बोधन गर्न, सामुहिक नेतृत्व प्रणाली स्थापना गर्न, नीति प्रधान पार्टी बनाउन र लोकतन्त्र बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।
  • उनले भने, हरेक युगले आफ्नो नेता चुन्छन्, पुरानाले नयाँ युगको नेतृत्व गर्न सक्दैनन् र आत्मलोचना र आलोचना बिना लोकतन्त्र बाँच्न सक्दैन।

२२ मंसिर, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेतृत्व पुनर्गठन गर्नुपर्ने चार कारण प्रस्तुत गरेका छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउनुपर्ने चार कारण प्रस्तुत गरेका हुन् । केपी शर्मा ओलीलाई विदा गरेर नयाँ अध्यक्ष ल्याउनुपर्ने पहिलो कारणमा ज्ञवालीले नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्नुपर्ने तर्क गरेका छन् ।

‘हरेक युगले आफ्नो नेता चुन्छन्, पुरानाले नयाँ युगको नेतृत्व गर्न सक्दैनन्,’ ज्ञवालीले भने, ‘नेतृत्व परिवर्तनको आवाजलाई हामीले सम्मान गर्नुपर्छ ।’

अहिलेको नेतृत्वबाट देश अगाडि बढ्न सक्दैन भन्ने नवपुस्ताको मागलाई सम्बोधन गर्न पनि एमालेमा नयाँ नेतृत्व आउनुपर्ने उनको तर्क छ ।

दोस्रो– सामुहिक नेतृत्व प्रणाली स्थापित गर्न पनि वर्तमान नेतृत्व परिवर्तन जरुरी रहेको उनले बताए । अहिले सामुहिक नेतृत्वको अभ्यास कमजोर रहेको निष्कर्ष ज्ञवालीले सुनाए ।

तेस्रो– नेता नभएर नीति प्रधान पार्टी बनाउन पनि नयाँ नेतृत्व आवश्यक रहेको ज्ञवालीले बताएका छन् ।

चौथो– लोकतन्त्रलाई बलियो बनाउन एमालेको नेतृत्व फेरिनुपर्ने उनको तर्क छ । ‘आत्मलोचना र आलोचना बिना लोकतन्त्र बाँच्न सक्दैन । कमजोरी बिनाको मानिस हुँदैन,’ ज्ञवालीले भने, ‘एमालेभित्र यस्तो संस्कृति कमजोर बनेको छ । पार्टी कमजोर हुँदा लोकतन्त्र बलियो हुँदैन ।’





Read More