― Advertisement ―

रोबोटिस्ट रोडनी ब्रूक्स द्वारा दिन को उद्धरण: ‘रोबोटको दृश्य उपस्थितिले यसले के गर्न सक्छ र यो कत्तिको स्मार्ट छ भनेर प्रतिज्ञा गर्दछ’ – एक...

कम्पनीहरूको स्लेटसँग धेरै फरक प्रोटोटाइपहरू निर्माण गर्दै मानवीय रोबोटहरू बढिरहेका छन्। चाहे तिनीहरू उत्पादन लाइनमा हुन डिजाइन गरिएको होस् वा तपाईंको घरको वरिपरि विभिन्न...
HomeLatest newsएमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवालाई छुट्याउन योगेशको प्रस्ताव

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवालाई छुट्याउन योगेशको प्रस्ताव



२५ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न नहुने प्रस्ताव गरेका हुन् ।

एमालेले प्रतिनिधि छनोटमा ४० वर्ष मुनिका युवालाई कोटा छुट्याएको थियो ।

अब केन्द्रीय कमिटीमै ४० वर्ष मुनिका युवालाई १५ प्रतिशत छुट्याउनुपर्ने प्रस्ताव राखेका हुन् । ‘केन्द्रीय कमिटीमा युवाको संख्या बढाउन १५ प्रतिशतको प्रस्ताव गर्नुभएको छ, तर निर्णय भएको छैन,’ बैठक स्रोतले भन्यो ।

प्रतिनिधि संख्या समेत युवाहरुको धेरै भएकाले उदार भएर सोच्नुपर्ने भट्टराईको प्रस्ताव छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More