― Advertisement ―

किन साना व्यवसायहरूले साइबरसुरक्षालाई विचारको रूपमा व्यवहार गर्न खर्च गर्न सक्दैनन्

बढ्दो सानो व्यवसायको लागि, साइबरसुरक्षा प्रायः ती समस्याहरू मध्ये एक जस्तो महसुस हुन सक्छ जुन समर्पित सुरक्षा टोलीहरू भएका ठूला कम्पनीहरूसँग सम्बन्धित छ।तर साइबर...
Homeराष्ट्रिय समाचारएमालेको महाधिवेशनस्थल फेरियो, अब काठमाडौंमै हुने – KhabarHost

एमालेको महाधिवेशनस्थल फेरियो, अब काठमाडौंमै हुने – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ ।

यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको छ ।

शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मंसिरमा तय भएको महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको हो ।

‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं । महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भएको छ,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More