― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsएपीएफलाई हराउँदै रुकुम पश्चिम सेमिफाइनलमा – KhabarHost

एपीएफलाई हराउँदै रुकुम पश्चिम सेमिफाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
  • रुकुम पश्चिमले पहिलो सेटमा पछि परेको अवस्थामा तीनवटै सेट जितेर २२-२५, २५-२०, २५-१६ र २५-२० को स्कोरमा एपीएफलाई हराएको हो।
  • सेमिफाइनलमा रुकुम पश्चिमले त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ भने हेल्प नेपाल र नेपाल पुलिसले पनि सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

१७ पुस, काठमाडौं । एपीएफ क्लबमाथि ३-१ को सेटमा पुनरागमन जित हासिल गर्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा रुकुम पश्चिम पहिलो सेटमा पछाडि परेपनि त्यसपछि तीनवटै सेट जितेको हो । रुकुम पश्चिमले एपीएफलाई २२-२५, २५-२०, २५-१६ र २५-२० ले पराजित गरेको हो ।

रुकुम पश्चिमले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीचको विजेतासँग खेल्नेछ । उक्त खेल आजै हुँदैछ ।

यसअघि आजै भएका दुई क्‍वाटरफाइनलमा हेल्प नेपाल र नेपाल पुलिसले जित निकाल्दै अगाडि बढिसकेका छन् ।





Read More