― Advertisement ―

ब्रेभिल बरिस्टा टच इम्प्रेस मेरो आवश्यकताको लागि उत्तम कफी मेसिन हो — र यो अब असाधारण मूल्य भएको छ हाम्रो विशेष छुटको लागि धन्यवाद।

ब्रेभिलले केही <a data-analytics-id="inline-link" href="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" बनाउँछ data-url="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/best/best-coffee-machines, in Australian सुविधाजनक, प्रयोग गर्न-गर्न-सजिलो मेसिनहरूमा क्याफे-गुणस्तरको कफी निकासी मिलाएर किचन काउन्टरटपमा स्थानको गर्व...
HomeLatest newsएनसेलले १० दिनमै सञ्चालमा ल्यायो २० नयाँ टावर – KhabarHost

एनसेलले १० दिनमै सञ्चालमा ल्यायो २० नयाँ टावर – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • एनसेलले १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ।
  • मधेस, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा एनसेलले फोरजी सेवा विस्तार र टावर सुधार गरेको छ।
  • एनसेलले आगामी दुई महिनाभित्र देशका सबै प्रदेशमा थप १७० भन्दा बढी नयाँ टावर जडान गर्ने योजना बनाएको छ।

१२ कात्तिक, काठमाडौं । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।

यसका साथै ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।

एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा आफ्नो फोरजी सेवाका साथै गुणस्तर विस्तार गर्न टावरमा सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यलाई तिव्रता दिएको छ ।

एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा ल्याएको छ । बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया तथा वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना, मोतीपुर तथा रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार तथा मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् ।

बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । ‘नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरूप फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ‘एनसेलले आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ ।’

आगामी दुई दिनभित्र थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा रहेको उनले बताए । यो वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार तथा सुधार गरिएको कम्पनीले जनाएको छ ।

फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरु जडानका लागि काम गरिरहेको जनाएको छ । यी टावररुको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More