― Advertisement ―

के संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा VPN प्रयोग गर्न कानूनी छ? विश्व कप यात्रीहरूले के जान्न आवश्यक छ

The २०२६ FIFA विश्वकप तीन देशमा फैलिएको छ, जसले अमेरिका, क्यानडा र मेक्सिकोको सीमानामा लाखौं फ्यानहरू तानेको छ। यात्रुहरू न्यूयोर्क, भ्यानकुभर र मेक्सिको सिटी...
HomeLatest newsजाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी



१२ कात्तिक, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

साथै, विपक्षीलाई छलपलमा झिकाउने आदेश पनि जारी भएको छ ।

अधिवक्ता ढकालले रिटमा कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका थिए ।

उनले अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका थिए ।

जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहीरहित रुपमा काम हुन नसक्ने जिकिर रिट निवेदनमा गरिएको थियो ।





Read More