― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsउज्यालो नेपालको बैठकमा कुलमानका दुई आफन्तले दिए समानुपातिकबाट नाम फिर्ता लिने बचन

उज्यालो नेपालको बैठकमा कुलमानका दुई आफन्तले दिए समानुपातिकबाट नाम फिर्ता लिने बचन


राष्ट्रिय

समाचार.

  • उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकमा कुलमान घिसिङमाथि समानुपातिक बन्दसूचीमा आफन्तको नाम राखेको आरोप लगाइएको छ।
  • बैठकमा सदस्यहरूले कुलमानले टिकट बेचेर उम्मेदवार बनाएको भन्दै विरोध जनाएका थिए र दुई आफन्तले नाम फिर्ता लिने बचन दिएका छन्।
  • उज्यालो नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी समानुपातिकतर्फ १८ जना भाग पाएको थियो।

१५ पुस काठमाडौँ । उज्यालो नेपाल पार्टीभित्र समानुपातिकको बन्दसूचीलाई लिएर भएको विवाद तत्काललाई मत्थर भएको छ । काठमाडौँको बौद्धमा भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले समानुपातिक बन्दसूची तयार पारेको विषयमा कुलमान घिसिङमाथि पैसा खाएको आरोप लगाउँदै विरोध गरेपछि उनका दुई आफन्तले नाम फिर्ता लिने बचन दिएका हुन् ।

सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेको उज्यालो नेपालले समानुपातिकतर्फ १८ जना भाग पाएको थियो । त्यसमा पनि कुलमानले आफन्तको नाम राखेको भन्दै विरोध भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका डा राम लामाको नाममा केन्द्रीय सदस्य प्रवीण तामाङले कुलमानले टिकट बेचेको आरोप लगाएका थिए ।

उनलाई उदृत गर्दै बैठकमा सहभागी सदस्यले भने, ‘समानुपातिकमा आफन्तलाई उम्मेदवार बनाइएको छ। टिकट बेचेर उम्मेदवार बनेको हुँदा राम लामाको नाम फिर्ता लिनुपर्छ ।’

उज्यालो पार्टीका नेताहरूका अनुसार राम लामा कुलमानको भान्जा पर्छन् । अर्का केन्द्रीय सदस्य शंकर ढकालले कुलमानले मेरिटोक्रेसीको कुरा गरेर नेपोटिजम गरेको आरोप लगाए।

कुलमानले आफन्त, सचिवालयमा काम गर्ने, छिमेकी लगायतको नाम समानुपातिकको बन्द सूचीमा राखेको आरोप छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More