― Advertisement ―

‘धम्कीहरू विकसित हुँदा, मिथुनले हाम्रो प्रतिरक्षालाई एक कदम अगाडि राख्छ’: गुगलले दावी गर्छ कि यसको AI ले यसलाई 2025 मा 8.3 बिलियन भन्दा बढी...

Google ले %lied 9 को %lied block मा मिथुन भन्छ 2025AI उपकरणहरूले ८.३ बिलियन विज्ञापनहरू हटाए, 24.9 मिलियन खाताहरू निलम्बित गरे, लाखौं घोटालाहरूसँग बाँधिएकाहरू...
HomeLatest newsउखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण


राष्ट्रिय

समाचार.

  • सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको छ।
  • मन्त्रिपरिषद् बैठकले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको छ।

२२ मंसिर, काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ ।

गत वर्ष सरकारले कटौती गरेकाे उखुको प्रतिक्विन्टल ३५ रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले त्यो रकम पाउन सकेका छैनन् ।

किसानले ६ सय ५५ रुपैयाँ लागतमा उखु खेती गर्दा ६ सय २० रुपैयाँ प्रतिक्विन्टल मूल्य पाएको गुनासो गर्दै आएका थिए । तर, सरकारले अहिले पनि पुरानै भाउ निर्धारण गरेको छ ।

९ मंसिरमा कृषिमन्त्री डा. मदन परियारलाई किसानले १३ मंसिरभित्र उखुको मूल्य तोक्न अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटम लगत्तै किसान र मन्त्रालयबीच वार्ता भएको थियो ।

विगतमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले उखु खेतीमा अनुदान दिँदै आएको थियो ।

तर, खर्च अभाव कारण देखाउँदै सरकारले दिँदै आएको अनुदानमा ५० प्रतिशतले कटौती गरेको थियो । किसानले कटौती गरिएको उक्त अनुदान रकम उपलब्ध गराउनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More