― Advertisement ―

केही कार निर्माताहरूले एफएम रेडियोहरू छोडिरहेका छन् — र रिभियन R2 फ्यानहरू खुसी छैनन् कि उनीहरूलाई उजाडस्थानमा धुनहरू सुन्न सेलफोन सिग्नल चाहिन्छ।

रिभियन आफ्नो सवारी साधनहरूमा AM/FM ट्युनरहरू फिर्ता गर्ने सबैभन्दा नयाँ कार निर्माता बनेको छ र केही सम्भावित पेन्टरहरू खुसी छन्। More
HomeLatest newsइमर्जिङ प्लेयर बनेका शेरले जिते एनपीएलको दोस्रो उपाधि

इमर्जिङ प्लेयर बनेका शेरले जिते एनपीएलको दोस्रो उपाधि


राष्ट्रिय

समाचार.

  • लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि पहिलोपटक जित्यो।
  • शेर मल्लले लुम्बिनीबाट दोस्रोपटक एनपीएल उपाधि जिते र १७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी भए।
  • शेर मल्लले उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड र पल्सर बाइक पुरस्कार पनि पाए।

२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्यो । लुम्बिनीले पहिलोपटक उपाधि जित्दा लुम्बिनीका खेलाडी शेर मल्लले भने दोस्रोपटक एनपीएलको उपााधि जिते ।

गत संस्करण जनकपुर बोल्ट्सबाट एनपीएलको उपाधि जितेका शेरले यसपटक लुम्बिनी लायन्सबाट उपाधि जिते ।

शेर मल्ल लुम्बिनीको उपाधि जितमा महत्वपूर्ण भूमिकामा रहे । उनले १७ विकेट लिएर संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा रहे ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड पनि शेरले नै पाए । उनले पल्सर बाइक पुरस्कार पाए ।

शेरले नेपाल यू-१९ टिम र नेपाल ए टिमबाट समेत खेलिसकेका छन् । उनी यस सिजन लुम्बिनीका लागि एक्स फ्याक्टर प्लेअरका रूपमा रहे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More