― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsइनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवक पक्राउ

इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवक पक्राउ



११ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो ।

नियन्त्रणमा लिइएका चौधरी स्कारपियो गाडीका चालक हुन् । मोटरसाईकल चालक भने फरार भएका छन् । चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रवक्ता थापाले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More