― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsइथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर भारतसम्म, नेपालमा के भयो...

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर भारतसम्म, नेपालमा के भयो ?



११ मंसिर, काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको धुलो–धुवाँ झण्डै १५ किलोमिटर माथिसम्म पुगेको थियो ।

विष्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडयुक्त बादल लाल सागर पार गर्दै यमन, ओमान हुँदै, भारत, नेपाल र चीनसम्म फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इथियोपियाबाट ४३ सय किलोमिटरको दूरीमा रहेका भारतको राजस्थान, गुजरात, महाराष्ट्र, दिल्ली र पञ्जाबमा पनि उक्त बादल फैलिएको थियो ।

भारतको मौसम विज्ञान विभागले खरानीको बादल मंगलवारदेखि हटेको र भारतबाट नेपालको आकाश हुँदै चीनतर्फ गएको बताएको छ ।

भारत लगायतका देशमा हवाई उडान प्रभावित

विष्फोटका कारण आकाशमा मडारिएको बादल र धुलोको कणका कारण भारतको एअर इन्डियाले आफ्ना ११ उडानहरू रद्द गरेको थियो । विज्ञहरूले बादल अत्यधिक उचाइमा गएका कारण आमनागरिकको जनजीवनमा भने असर नपरेको बताएका छन् ।

इथियोपियामा भएको ज्वालामुखी विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । तर, यमन र ओमान सरकारले आफ्ना नागरिकलाई सावधानी अपनाउन सचेत गरेका छन् ।

बादलका कारण हवाई जहाजको उडानमा प्रभाव परेको थियो । ज्वालामुखीका कारण आकाशमा उडेको खरानीले जहाजको इन्जनमा क्षति पुग्ने भएकाले ‘इन्टरनेसनल एभिएसन प्रोटोकल’ अनुसार सतर्कता अपनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपालमा पनि हवाई उडानमा असर

ज्वालामुखी विष्फोटबाट निस्किएको धुलोका कणसहितको बादल ४३ हजार फिट माथिसम्म थियो । त्यो नेपालको आकाशमा पनि थियो । तर धेरै माथि भएकाले नेपालीजनमा भने असर नपरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद बरुण पौडेलले बताए ।

‘त्यो धेरै नै माथि भएकाले नेपालमा महत्व दिइएन,’ पौडलले भने, ‘पानी परेको भए एसिड तल झर्थ्यो तर पानी पनि नपरेकाले केही असर भएन ।’

तर नेपालम आउने ७ अन्तर्राष्ट्रिय उडानहरु भने रोकिएका थिए ।

वैज्ञानिक अध्ययनका लागि एक दुर्लभ अवसर

वैज्ञानिकहरूले हजारौं वर्षपछि भएको ज्वालामुखी विष्फोटको घटनालाई इथियोपियाको इतिहासको सबैभन्दा असाधारण घटनामध्ये एक भएको बताएका छन् ।

गल्फ न्युजका अनुसार विस्फोटका साथ ठूलो मात्रामा सल्फर डाइअक्साइड (एसओ–टु) भी निस्किँदा पर्यावरण र स्वास्थ्यमा असर पर्ने चिन्ता बढेको छ ।

‘इमिरेट एस्ट्रोनमिकल सोसाइटी’ का अध्यक्ष इब्राहिम अल जरवानले ज्वालामुखीबाट अचानक बढी मात्रामा एसओ–टु निस्कनुलाई भूगर्भमा दबाव बढी रहेको भनेर बुझ्नु पर्ने  बताएका छन् ।

भूगर्भमा म्याग्मा हल्लिरहेको र फेरि विस्फोट हुन सक्ने उनको भनाइ छ । अल जरवानले भने, ‘यो घटना वैज्ञानिकका लागि एक दुर्लभ अवसर हो । लामो समयपछि भएको विष्फोटबाट उनीहरू ज्वालामुखीलाई नजिकबाट अध्ययन गर्न सक्छन् ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More