― Advertisement ―

5-तारे Epson EcoTank ET-8550 फोटो प्रिन्टरमा २०% सम्म बचत गर्नुहोस्

Epson को EcoTank दायराले हाम्रो वरिष्ठ प्रिन्टरको परीक्षणको क्रममा निरन्तर प्रभाव पारेको छ। र फोटोग्राफीको लागि, स्ट्यान्ड-आउट मोडेल Epson EcoTank ET-8550, अब $...
HomeLatest newsआयोगमा प्रश्न- मतदाता नामावलीमा मृतक व्यक्तिको नाम भए के हुन्छ ?

आयोगमा प्रश्न- मतदाता नामावलीमा मृतक व्यक्तिको नाम भए के हुन्छ ?



६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले ‘कल सेन्टर’ स्थापना गरेको छ । जहाँ नागरिकहरूले आफूलाई लागेका जिज्ञासा र विभिन्न विषयमा प्रश्नहरू गरिरहेका छन् ।

आयोगका अनुसार प्रश्न वा जिज्ञासा प्राप्त भएपछि आयोगले त्यसको जवाफ दिन्छ । समस्या भए समाधानको उपाय समेत सुझाउँछ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाता नामावलीमा रहेको त्रुटि, मृतक व्यक्तिको नाम मतदाता नामावलीमा भए के हुन्छ जस्ता प्रश्नहरू समेत आएका छन् ।

आयोगका अनुसार एक जनाले सोधेका थिए, ‘मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकोले यसको दुरुपयोग हुन सक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ ?’

जवाफमा आयोगले सम्बन्धित स्थानीय तहमा मृत्युदर्ता गराएका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको बताएको छ ।

तथापि, मृत्यु भएका तर मृत्यु दर्ता नभइसकेका व्यक्तिहरूको मतदाता नामावलीबाट नहटेको हुन सक्छ ।

‘मतदान केन्द्रमा फोटो सहितको रंगिन मतदाता नामावली पठाइएको हुन्छ । त्यहाँ खटिएका उम्मेदवारका प्रतिनिधि र कर्मचारीले उक्त मतदाता नामावलीसँग मतदान गर्न आउने व्यक्तिको फोटो सहितको सक्कल प्रमाणपत्र र सम्बन्धित व्यक्तिको अनुहारलाई भिडाएर हेरी एकीन गरेर मात्र मतदान गर्न अनुमति दिने हुँदा यस्तो दुरुपयोग हुने सम्भावना देखिँदैन’ आयोगको जवाफ रहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More