― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
Home‘आबाट आमा’ १६ माघदेखि प्रदर्शन हुने – KhabarHost

‘आबाट आमा’ १६ माघदेखि प्रदर्शन हुने – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ १६ माघमा रिलिज हुने भएको छ।
  • फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई ग्रामीण परिवेशमा देखाउनेछ।
  • फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह लगायत कलाकारको अभिनय छ र आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको हो।

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’को प्रदर्शन मिति तय भएको छ । निर्माताले लक्ष्मीपूजाको अवसरमा सोमबार पोस्टर सार्वजनिक गर्दै १६ माघमा फिल्म रिलिज गर्ने जनाएका हुन् ।

सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह प्रसन्न भावमा देखिएका छन् ।

ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ ।

पोस्टरमा लेखिएको छ, ‘बा आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं ।’ यी शब्दले फिल्मको कथावस्तु यही वरपर घुम्ने देखिन्छ ।

चन्द्र पन्तको पटकथा र निर्देशनमा फिल्म बनेको हो । आर्या पन्तको प्रस्तुतिमा निर्माण भएको फिल्ममा साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), िदलिप उखेडाको पनि अभिनय छ ।

ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको छायांकारमा नवराज उप्रेती छन् । कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More